काठमाडौँ — विश्वभरका नेपालीभाषी प्रतिभा सहभागी नेपाली गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्स-२ को प्रसारण सुरु भएको छ ।
नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको सो इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउण्डेसनले तयार गरेको हो । मेरो भ्वाइस युनिभर्समा विश्वका २३ देशका नेपाली गायक गायिकाहरुले फाइनल प्रतिस्पर्धा गर्दैछन् । नेपालसमेत विश्वका १३ मुलुकमा अडिसनहरु समापन गरी काठमाडौंमा फाइनल राउन्डका प्रतिस्पर्धा गराइएको छ । फाइनल राउन्डका ३२ एपिसोड हुनेछ्न् ।
यो प्रतिस्पर्धामा भाग लिन विश्वभरबाट छनोट भइ नेपाल आइपुगेका प्रतिभाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा निमन्त्रणा गरी शुभकामना दिँदै नेपाली संस्कृतिको दूतका रुपमा काम गर्न आग्रह गरेका छन् । संसारभरका नेपाली मूलका नेपालीहरुलाई नेपाली संस्कृतिको माध्यमबाट नेपालसँग जोड्ने अभियानका रुपमा इन्ट्रा फाउन्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोहरुको आयोजना गर्दै आएको छ ।
