काठमाडौँ — यादव भट्टराई निर्देशित फिल्म ‘झिल्को’ आजबाट प्रदर्शनमा आएको छ ।
डिजिटल लतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरलाई समेटेको फिल्मको बिहीबार प्रिमियर गरिएको थियो ।
फिल्मले देशभरर १ सय १६ शो प्राप्त गरेको छ । बालबालिकाको मनोविज्ञानमाथि नेपाली फिल्महरू तुलनात्मक रुपमा कमै बनेका छन् । ‘झिल्को’ बालमनोविज्ञानमाथिको बलियो फिल्म भएको प्रमियरमा उपस्थितहरूले बताए ।
फिल्ममा आयुषी ढकालको प्रमुख अभिनय छ ।
त्यसैगरी सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय छ ।
फिल्मको छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन् । पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा फिल्म तयार भएको हो ।
यादवले यसअघि ‘झोला’ र ‘भोर’ निर्देशन गरेका थिए ।
