धरानमा दर्शकमाझ गुञ्जिए सुजन

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Sujan echoed among the audience in Dharan

काठमाडौँ — गायक सुजन चापागाईं बिहीबार धरानमा पनि गुञ्जिएका छन् । 'ऊनको स्वीटर साँझ' सुजन र उनको ‘द इन्फिनिटी ब्यान्ड’ गुञ्जिएको हो ।

आगामी शुक्रबार रिलिज हुने फिल्म ‘ऊनको स्वीटर’को प्रचारप्रसारको क्रममा गरिएको कन्सर्टमा ६ हजारभन्दा बढी दर्शक सहभागी थिए । 

कार्यक्रममा  सहभागिता जनाउन पाँचथरका युवाहरूले बाइक र्‍यालीसहित गरेका थिए । कार्यक्रममा सुजनले ‘लजाएर एक्लै किन’, ‘तिमी बिना तिमी हुनु’, ‘फूलथुङ्गे रानी’, ‘एक्लै भएँ नि’, ‘गाला पुक्क’, ‘तीनपाते’, ‘मखमली’ लगायतका गीतहरूबाट दर्शकलाई मन्त्रमुग्ध पारे ।

कन्सर्टमा गायिका झुमा लिम्बुले पनि पछिल्लो समयको लोकप्रिय गीत ‘काफ्ले’ गाएर दर्शकलाई चनाइन् ।

यसअघि काठमाडौँ र पोखरामा पनि ‘ऊनको स्वीटर साँझ’ आयोजना गरिएको थियो । 

आर्टमाण्डूले तयार पारेको फिल्म ‘ऊनको स्वीटर’मा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायत कलाकारहरूको अभिनय रहेको छ ।

कान्तिपुर

Link copied successfully