‘हिट: द थर्ड केस’ नेपालमा पनि रिलिज 

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

'Hit: The Third Case' also released in Nepal

काठमाडौँ — नानी स्टारर फिल्म ‘हिट: द थर्ड केस’ नेपालमा पनि प्रदर्शनमा आएको छ ।

यो भारतीय फिल्म बिहीबारदेखि नेपाली हलमा लागेको हो । फिल्मलाई कन्सेप्ट भिजन इन्टरटेनमेन्टले नेपालमा ल्याएको हो । नेपाली हलमा यस फिल्मले राम्रै शो पाएको छ । 

यो फिल्ममा नानीसहित श्रीनिधी शेट्टी सूर्या निवास प्रतीक बब्बर लगायतको अभिनय छ । नानी अभिनेतासँगै यस फिल्मको सह-निर्माता समेत हुन् । सैलेश कोलानू निर्देशित यो फिल्म सस्पेन्स एक्सन थ्रिलर जनरामा बनेको हो ।  

यो फिल्म सन् २०२० मा रिलिज भएको ‘हिट’ को तेस्रो श्रृंखला हो । पहिलो फिल्मको सफलतासँगै सन् २०२२ मा ‘हिट: द सेकेन्ड केस’ आएको थियो।

कान्तिपुर संवाददाता

Link copied successfully