दवाडीले ल्याए भक्तिसंगीतको नयाँ भिडियो

वैशाख १९, २०८२

कान्तिपुर संवाददाता

Dawadi brought a new video of devotional music

काठमाडौँ — नेपाली सुगम संगीतमा डेढ दशकदेखि अभ्यास र संघर्षरत कुमार दवाडीले भक्तिसंगीतमा नयाँ सिर्जना सार्वजनिक गरेका छन् ।

यस वर्षको मातातीर्थ औंशीको सन्दर्भ पारी उनले ‘माता पाथीभरा’ को मधुर भजन सार्वजनिक गरेका हुन् । भजनमा पाथीभरा माता (मुक्कुमलुङ) लाई पुकार गरिएको छ ।

हाल अमेरिका निवासी नैना बरालको प्रस्तुति रहेको भजनको भिडियो आमा नरमाया बरालप्रति समर्पण गरिएको छ । नीर भीमका भक्ति शब्दमा दीपक भट्टराईले संगीत भरेका छन् । भजनको भिडियोमा ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिर तथा त्यस क्षेत्रका सुन्दर दृश्य समेटिएका छन् । भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन् । 

यसअघि कुमारले दुई गीत र म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् । ‘जिन्दगी प्यारो लाग्छ’ र ‘नबोली जित्छौ तिमी’ बोलका दुई गीतको म्युजिक भिडियो सार्वजनिक भएको ‘कुमार दवाडी’ युट्युब च्यानलबाटै नयाँ भक्ति संगीत गीतको भिडियो सार्वजनिक गरिएको हो ।

कान्तिपुर

Link copied successfully