‘जन्ते बाख्रो’को पोस्टरमा सौगातको फरक लुक्स

वैशाख १८, २०८२

कान्तिपुर संवाददाता

Saugat's different looks in the poster of 'Jante Bakhro'

काठमाडौँ — फिल्म ‘जन्ते बाख्रो’मा अभिनेता सौगात मल्ललाई फरक अवतारमा देखाइएको छ । आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्मको पोस्टर सार्वजनिक गरियो ।

पोस्टरमा सौगातसँगै अन्य कलाकार पनि छन् । कलाकारहरूको अगाडि एउटा बाख्रा देखाइएको छ ।बाख्राले गुलाबी रङको चस्मा लगाएको छ । फिल्ममा अभिनेता सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह , लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारको अभिनय छ । 

फिल्मलाई सिमोश सुनुवारले निर्देशन गरेका छन् । फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकार पनि छन् । 

फिल्मलाई प्रदीप भारद्वाजले लेखेका छन् । नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ, फिल्मको कथा यसै प्रचलनमा आधारित छ ।

कान्तिपुर

Link copied successfully