फिल्म 'शिवांश' बन्ने

वैशाख १७, २०८२

कान्तिपुर संवाददाता

The film 'Shivansh' will be made

काठमाडौँ — अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा नयाँ फिल्म 'शिवांश' बन्ने भएको छ । बुधबार फस्टलुक सार्वजनिक गर्दै ‘शिवांश: च्याप्टर १’ बन्ने घोषणा भएको हो ।

सन्तोषकुमार आत्रेयले निर्देशन गर्ने फिल्ममा अभिनेता प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिका रहनेछ । फिल्ममा अन्य कलाकार विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टिका निरौलालगायतको अभिनय छ । 

अञ्जान केसीले लेखेको यो फिल्ममा बारत लिम्बूको पटकथा छ । फिल्ममा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ । फिल्ममा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन रहने बताइएको छ । फिल्म आगामी असोज २४ मा प्रदर्शनमा आउने तय गरिसकेको छ ।

कान्तिपुर

Link copied successfully