काठमाडौँ — गायिका स्मिता दाहालले 'आमा' बोलको गीत ल्याएकी छन् । आमाको मुख हेर्ने दिन मातातीर्थ औँसीको अवसर पारेर दाहालको 'आमा' बोलको गीत सार्वजनिक भएको हो ।
आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा आमाको माया, संघर्ष र समर्पणको सन्देश रहेको छ ।
गीतमा शब्द र संगीत चेतन सापकोटाको रहेको छ । संगीत संयोजन गोपाल रसाइलीले गरेका छन्।
गीतको भिडियोमा गायिका स्मिता दाहाल स्वयं र अभिनेता आकाश श्रेष्ठको अभिनय छ । भिडियोमा बाल कलाकार दीप्शिका श्रेष्ठको अभिनय रहेको छ ।
भिडियोको छायांकन नवराज उप्रेतीले, सम्पादन तथा रङ संयोजन विकास ज्ञवालीले गरेका छन् भने कथा र निर्देशन सुनिल क्षेत्रीको रहेको छ ।
