काठमाडौँ — वैशाख २६ देखि प्रदर्शनमा आउने फिल्म ‘जार’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले ‘ए ठूली’ बोलको गीत सार्वजनिक गरेको हो ।
झुमा लिम्बू र पवन गिरीको स्वर रहेको गीतमा हर्क साउदको शब्द छ । लोकलयमा आधारित गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, गिताञ्जली थापालगायत कलाकार देखिएका छन् । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित यो फिल्म लेखक इन्द्रबहादुर राईको ऐतिहासिक कथामाथि बनेको हो ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’मा सौगात र गीताञ्जलीसँगै अनुपविक्रम शाहीको पनि मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको हो । त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा फिल्मका कार्यकारी निर्माता हुन् ।
