‘जन्ते बाख्रो’को नयाँ गीत बजारमा

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

The new song of 'Jante Bakhro' is in the market

काठमाडौँ — सिमोस सुनुवारको निर्देशनमा तयार फिल्म ‘जन्ते बाख्रो’को नयाँ गीत सार्वजनिक भएको छ । महेश काफ्लेको शब्द/रचना र रिकेश गुरुङको एरेञ्ज रहेको ‘अङ्गुरको झुप्पो’ बोलको गीतमा महेशसँगै अस्मिता अधिकारीको स्वर छ । 

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा देखिएका छन् । फिल्ममा भने अभिनेता सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतको अभिनय छ । सामाजिक कथावस्तुमा आधारित यो कमेडी विधाको फिल्ममा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन छ ।

फिल्मका निर्माता सन्तोष गौतम हुन् । बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोज अनि जन्ते बाख्रो वरपर फिल्मको कथा घुमेको छ । फिल्म आगामी जेठ २३ बाट प्रदर्शनमा आउँदैछ ।  

कान्तिपुर

Link copied successfully