आजबाट हलहरूमा ‘केसरी २’

वैशाख ५, २०८२

कान्तिपुर संवाददाता

'Kesari 2' in theaters from today

काठमाडौँ — आजबाट अक्षय कुमारको मुख्य भूमिका रहेको फिल्म ‘केसरी च्याप्टर २’ प्रदर्शनमा आएको छ । यो कोर्टरुम ड्रामा हो ।

पहिलो च्याप्टरले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको थियो ।

च्याप्टर २मा पनि अक्षय कुमारसँगै अनन्या पाण्डे र आर. माधवन मुख्य भूमिकामा देखिएका छन् ।

त्यसैगरी रेजिना क्यासेन्द्रा, साइमन पेसली डे, एलेक्स ओ’नेल, मसाबा गुप्ता, कृष्ण राव, स्टीवन हार्टले, अमित सियाल लगायत कलाकारहरूको पनि अभिनय छ ।

पञ्जाबस्थित जलियांवाला बागमा सन् १९१९ मा १३ अप्रिलमा एक हत्याकाण्ड भएको थियो । यही विषयमा फिल्मको कथा छ ।

‘केसरी’ले व्यापारिक सफलता हासिल गरेसँगै निर्माण टिमा दोस्रो च्याप्टरका लागि पनि हौसिएको थियो । फिल्मको ओपनिङ पनि राम्रो हुने अनुमान गरिएको छ ।

२ घण्टा १४ मिनेट अवधिको फिल्मलाई करण सिंह त्यागीले निर्देशन गरेका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully