एटलीको फिल्ममा काम गर्दैछन् अल्लू अर्जुन

वैशाख ४, २०८२

कान्तिपुर संवाददाता

Allu Arjun is working in Atlee's film

काठमाडौँ — पछिल्लो समय अभिनेता अल्लू अर्जुन ‘पुष्पा २’का कारण चर्चामा छन् । यसअघि ‘पुष्पा’ पनि व्यापारिक हिसाबमा बहुचर्चित भएको थियो । यतिबेला उनका प्रशंसक तथा शुभचिन्तकलाई चासो छ, ‘ अल्लू अर्जुन के गर्दैछन् ?’ 

उनी अब नयाँ फिल्मको तयारीमा छन् । केही समयअघिसम्म उनले अब त्रिविक्रम र एटलीमध्ये कुन निर्देशकसँग काम गर्छन् भन्ने चासोको विषय थियो ।

अब उनले एटलीसँग काम गर्ने भएका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार नयाँ फिल्म ठूलो बजेटमा निर्माण हुँदैछ । फिल्मबारे विभिन्न हल्लाहरू पनि यतिबेला चलिरहेका छन् । जस्तो कप अल्लू अर्जुन नयाँ फिल्ममा दोहोरो भूमिकामा देखिने छन् । एटलीले निर्देशन गर्ने नयाँ फिल्ममा पहिले अभिनेत्री प्रियंका चोपडालाई हिरोइनका रुपमा लिने चर्चा थियो ।

तर प्रियंका राजामौलीको फिल्ममा व्यस्त छिन् । अब प्रियंकाको साटो जान्हवी कपूरलाई चयन गरिएको छ । फिल्ममा तीन अभिनेत्री हुने पनि बताइएको छ । फिल्ममा सामन्थालाई भिलेन को भूमिका लिइने बलिउड सञ्चारमाध्यमले जनाएकमा छन् । तेस्रो अभिनेत्री भने फाइनल भइसकेका छैनन् ।

श्रद्धा कपूर र दिशा पटानीमध्ये कुनै एकलाई लिने तयारी छ । फिल्मको काम तीव्र रुपमा अगाडि बढिरहेको छ। सन पिक्चर्सले फिल्म ठूलो बजेटमा बनाउँदैछ ।

फिल्मको कुल बजेट करिब ८०० करोड रूपैयाँ हुने बताइएको छ। अल्लू अर्जुनले १५० करोड पारिश्रमिकसहित मुनाफामा पनि भागदारी पाउनेछन् । एटलीलाई १०० करोड दिइनेछ ।

यो साइन्स फिक्शन फिल्म हुनेछ । फिल्म जून महिनामा छायांकनमा जानेछ । आगामी वर्षको गर्मीमा फिल्म रिलिज हुने लक्ष्य राखिएको छ ।

कान्तिपुर

Link copied successfully