यही वर्ष प्रदर्शनको तयारीमा ‘वध २’

वैशाख ३, २०८२

कान्तिपुर संवाददाता

”Slaughter 2” in preparation for the performance this year

काठमाडौँ — सन् २०२२ मा थ्रिलर फिल्म ‘वध’रिलिज भएको थियो । फिल्मको दोस्रो श्रृंखला पनि छिट्टै रिलिज हुने भएको छ ।‘वध २’को को छायांकन हालै सम्पन्न भएको छ । फिल्ममा सञ्जय मिश्र र नीना गुप्ता फेरि एकसाथ पर्दामा देखिने भएका छन् ।

फिल्मलाई जसपाल सिंह सन्धुले निर्देशन गरेका हुन् । फिल्मलाई लिएर सञ्जय मिश्रले एक कार्यक्रममा भने, ‘वध केवल एउटा फिल्म मात्र थिएन, त्यो एउटा यस्तो सिनेमा अनुभव थियो जुन हाम्रो मात्र होइन, दर्शकहरूको मनमा पनि गहिरो छाप छाडेर गयो । अब फ्रेन्चाइज बन्न लागेको छ । यसले मलाई फेरि उत्साह जगाइदिएको छ ।’

निना गुप्ताले पनि दोस्रो शृङ्खलाको पनि हिस्सा हुन पाउँदा गर्व महसुस भइरहेको बताइन् ।  फिल्मलाई निर्देशक जसपाल सिंह सन्धुले निर्देशन गरेका हुन् । उनले सञ्जय र नीनासँग पुनः काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘वध २’ यसै वर्ष प्रदर्शनमा आउने तयारीमा छ । 

कान्तिपुर संवाददाता

Link copied successfully