'कोशेढुंगा'को छायांकन अन्तिम चरणमा

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

The shooting of 'Koshedhunga' is in the final stage

काठमाडौँ — 'पूर्णबहादुरको सारंगी' बनाएको निर्माण टिम दोस्रो फिल्म 'कोशेढुंगा' छायांकन सक्ने तयारीमा छ । निर्देशक सरोज पौडेलकै निर्देशनमा छायांकन भइरहेको यो फिल्मलाई पनि भव्य बनाउने निर्माण टिमको तयारी छ । 

यो फिल्मले छायांकन स्याङ्जाको विभिन्न स्थानमा भइरहेको छ । स्थानीय तह, वडा र पालिकाबाट पाएको सहयोगले पनि छायांकन सहज र प्रभावकारी भएको निर्देशक पौडेलले जनाए । स्याङ्जाको आँधफखोला, त्रिवेणी र सिरुबारी क्षेत्रमा ‘कोशेढुंगा’को छायाकंन भइरहेको हो ।

नरदेवी फिल्मस्‌को प्रस्तुति रहेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मीलगायतको अभिनय रहनेछ ।

बाबु श्रेष्ठले खिचिरहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । यो फिल्मलाई २०८२ मा प्रदर्शन गर्ने तयारी छ ।

कान्तिपुर

Link copied successfully