गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य

चैत्र ३१, २०८१

कान्तिपुर संवाददाता

Nepathya echoed in Gokarneshwar

काठमाडौँ — शनिबार काठमाडौंको गोकर्णेश्वरलाई नेपथ्यले श्वरले गुञ्जाएको छ । अस्ट्रेलियाको एक महिना लामो यात्रा सकेर अनि सिड्नीमा साढे पाँच हजार दर्शक अटाउने हलको सम्पूर्ण टिकट ‘सोल्ड आउट’ भएपछि त्यसै हलमा फेरि भरिएका दर्शकहरूमाझ दोश्रो शो गरेर फर्केको नेपथ्य यसरी मौसमी प्रतिकूलताकै बीच पनि स्वदेशका दर्शकमाझ उत्तिकै बलियो उपस्थिति दर्शाउन सफल भएको हो ।

ब्यान्ड मञ्चमा उभिनासाथ ‘कोशीको पानी’बाट सुरु भएको गीतको क्रम त्यसपछि लगातार मध्यम र धिमा गतिका लोकरक सिर्जनाबाट अघि बढेको थियो । 

कन्सर्ट हेर्नकै लागि उपत्यकाको उत्तरपूर्वी कुनासम्म पुगेका दर्शकहरूको भिडमा विदेशी अनुहार पनि उत्तिकै देखिन्थ्यो । तिनैमध्ये एक वैवाहिक समारोहमा सरिक हुन इस्टोनियाबाट आएकी मारिया इभानोभो पनि थिइन् । ‘मलाई मौलिक पहिचान बोकेका संगीतहरुमा असाध्यै रुचि छ,’ उनले भनिन्, ‘त्यसबाहेक यो कन्सर्टमा गाइएका गीतहरु भित्रि मनैबाट निस्केका आवाज जस्तो लागिरहेको छ ।’

Nepathya echoed in Gokarneshwarतस्बिरहरू : दिपित राज / नेपालय

कन्सर्टमा गायक अमृत गुरुङले सँधैजस्तै नेपालको सुन्दरताको बयान गर्दै स्वदेशको भ्रमण गर्न दर्शकहरुलाई प्रोत्साहित गरेका थिए। त्यस क्रममा उनले आफ्ना गीतहरु यात्राकै क्रममा संकलन गरिएको जानकारी पनि दिएका थिए । ‘बिहानैदेखि झरीले गर्दा यत्रो ठूलो आयोजना अब के होला भनेर एकछिन आँत्तिएका थियौं,’ स्थानीय आयोजक संस्था 'ग्राउन्ड अफ इभेन्ट्स्' का श्याम श्रेष्ठ भन्छन्, ‘तर, नेपथ्यसँगको हाम्रो पहिलो सहकार्य चिताएको भन्दा पनि भव्य प्रस्तुति र उपस्थितिका साथ सम्पन्न भएको छ ।’

Nepathya echoed in Gokarneshwarकन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए ।

Nepathya echoed in Gokarneshwar

कान्तिपुर

Link copied successfully