काठमाडौँ — अभिनेता अजय देवगनको नयाँ फिल्म ‘धमाल ४’को छायांकन सुरु भइसकेको छ ।
’धमाल’ कमेडी फ्रेन्चाइजका तीन संस्करण निकै लोकप्रिय रहे । दर्शकहरू चौथो संस्करणको प्रतीक्षा लामो समयदेखि गरिरहेका थिए । बलिउड सञ्चारमाध्यमका अनुसार अहिले फिल्मको पहिलो सेड्युलको सुटिङ सम्पन्न भइसकेको छ । लको सुटिङ सम्पन्न भइसकेको छ ।
अभिनेता अजय देवगनले सामाजिक सञ्जालमा ‘धमाल ४’का केही तस्वीरहरू पोस्ट गरेका छन् । जहाँ उनी आफ्ना सहकर्मीहरूसँग देखिएका छन्। उनले फिल्मको अबको छायांकन मुम्बईमा सुरु भएको पनि बताएका छन् ।
उनले सेयर गरेको तस्वीरमा अजय देवगनसँग जावेद जाफरी, अंजली आनन्द, अरशद वारसी, संजय मिश्र र संजीदा शेख देखिएका छन् । दोस्रो तस्वीरमा उनी निर्देशक इन्द्र कुमार र निर्माता भूषण कुमारसँग उभिएको देखिन्छन् ।
