काठमाडौँ — फिल्म ‘के घर के डेरा : घर नम्बर २’को टिजर सार्वजनिक भएको छ । दीपेन्द्र के खनालको निर्देशन र लेखक बुद्धिसागरको लेखन रहेको फिल्मको टिजरमा अभिनेता खगेन्द्र लामिछानेलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।
फिल्मको टिजरमा निम्न मध्यमवर्गीय परिवारको कथालाई प्रमुख विषय बनाइएको छ । यसअघि दिपेन्द्रकै निर्देशनमा फिल्म ‘के घर के डेरा’ आएको थियो ।
उक्त फिल्ममा दयाहाङ र विपिनको मुख्य अभिनय थियो । यसपटक खगेन्द्रले सहरमा संघर्ष गरिरहेको आम पात्रको भूमिका निर्वाह गरेका छन् । यो फिल्म जेठ २ मा रिलिज हुनेछ ।
फिल्ममा खगेन्द्रसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतका कलाकारको अभिनय छ ।
फिल्मलाई कृष्णबहादुर थापाले खिचेका छन् ।
