काठमाडौँ — फिल्म 'अमिगोस' बन्ने भएको छ । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्ममा डेब्यू गरेका अभिनेता आशिष पियाले यही फिल्ममार्फत कमब्याक गर्दैछन् ।
फिल्मको छायांकन भदौबाट नेपाल र अष्ट्रेलियामा गरिने बताइएको छ । मार्केन्डे डिपविम बस्नेतले फिल्मलाई निर्देशन गर्नेछन् । यसअघि ‘सौर्य’ र ‘द्रव्य’जस्ता फिल्म बनाएका निर्देशक मार्केन्डे आफैले एक दशकपछि निर्देशनमा कमब्याक गर्ने भएका हुन् ।
विकास आचार्यले निर्माण गर्ने फिल्मको सह निर्माता सुरेन्द्र रावल हुन् । हाल फिल्मका लागि दुई मुख्य कलाकारको खोजी गरिरहेको निर्माण टिमले जनाएको छ ।
