कार्तिक २१ मा 'कल्ली'

चैत्र २७, २०८१

कान्तिपुर संवाददाता

'Kalli' on Kartik 21

काठमाडौँ — फिल्म 'कल्ली'को प्रदर्शन मिति तय गरिएको छ । छायांकनस्थलबाटै निर्माण टिमले फिल्मलाई कार्तिक २१ मा प्रदर्शन गर्ने घोषणा गरेको हो । 

काफिया फिल्मस् र कुबेर फिल्म‍स‍्ले काठमाडौं र मोफसलमा वितरण गर्ने फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । फिल्मको कथा महेश दवाडीले लेखेका हुन् ।

फिल्ममा कलाकारहरु अभिनेता उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी, बेगम नेपालीलगायतको अभिनय छ ।

कान्तिपुर

Link copied successfully