काठमाडौँ — विपिन कार्की समसामयिक विषयमा दख्खल राख्ने अभिनेता हुन् । गणतन्त्रवादी र राजावादीबीच हालै भएको प्रदर्शनीलाई लिएर विपिनको एउटै विचार छ । उनी देशमा सुशासन आवश्यक रहेको धारणा राख्छन् ।
देशमा कुनै 'वाद/तन्त्र/पार्टी' नभई सुशासन चाहिएको विपिनको धारणा छ । 'यस्तै अव्यवस्थित नभइदियोस्, राजनीति स्थिर होस् भन्ने सर्वसाधारणको विचार नै मेरो विचार हो । देशमा सुशासन चाहियो । देश सुखी होस्, सम्पन्न होस् । सबै नेपालीको आर्थिक उन्नति होस्, पलायन भएकाहरू फर्केर आऊन्। सबै नेपालीको राम्रो होस्,' उनले ई-कान्तिपुरसँग भने ।
विपिन अभिनीत 'कर्मा' चैत २९ देखि प्रदर्शनमा आउँदैछ । उनी अभिनीत अर्को फिल्म 'ऊनको स्वीटर' पनि वैशाखमा प्रदर्शनमा आउँदैछ । विपिन फरक चरित्रमा गरिने चरित्रहरूका लागि चिनिने कलाकार हुन् ।
