आउँदैछ ‘पञ्चायत’ को सिजन ४, जितेन्द्र कुमार छन् कि छैनन्?

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

Season 4 of 'Panchayat' is coming, Jeetendra Kumar or not?

काठमाडौँ — 'पञ्चायत' भन्नेबित्तिकै गाउँको हाँसो ठट्टा, झगडा, राजनीति र दिल छुने कथा याद गर्छन् दर्शकले । नेपाली दर्शकले पनि खुब रुचाएको यो भारती वेब सिरिजको नयाँ सिजन, पञ्चायत-४ ले आफ्नो प्रदर्शन मिति तोकेको हो ।

‘पञ्चायत सिजन ४’ जुलाई २ मा प्राइम भिडियोमा रिलिज हुने भएको हो। सिरिजले आफ्नो पाँचौं वर्ष पूरा गरेको खुसियालीमा सिरिजको टिमले औपचारिक रूपमै एक भिडियो सार्वजनिक गरी यो सूचना दिएका हुन्।

सिरिजको प्रदर्शन मिति बाहिरिएसँगै भार्त र नेपालमा पनि सिरिजका प्रशंसकहरू व्यग्र प्रतीक्षामा छन्। सिरिजका नियमित दर्शकहरू चौथो सिजनमा को–को होलान् भन्नेमा चासो देखाइरहेका छन्।

सिरिजको चौथो सिजनमा मनोरन्जनको किंग भनेर चिनिने रघुवीर यादव, नीना गुप्ता, चन्दन रोय, फैसल मलिक, दुर्गेश कुमार,  सान्विकालगायत पुराना सबै कलाकार रहनेछन्। साथै, दर्शकहरूको मुख्य चासो अभिषेक त्रिपाठी उर्फ् जितेन्द्र कुमारका लागि देखिन्छ। चौथो सिजनमा पनि जितेन्द्र कुमारलाई दर्शकले देख्न पाउने सिरिज टिमले जनाएको हो।

सिरिजलाई ‘द वायरल फीभर’ले निर्माण गरेको हो भने चन्दन कुमारको लेखनमा दीपक कुमार मिश्र र अक्षत विजयवर्गीयले निर्देशन गरेका हुन्।

जितेन्द्र कुमारको पात्र अभिषेक अझै पनि उत्तरप्रदेशको फूलेरामै छन् कि कुनै नयाँ झमेलामा? राजनैतिक ट्विस्ट आउँछ कि प्रेम कथा? दर्शकहरूले जुलाई ४ सम्म धैर्य गर्नैपर्ने भएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully