काठमाडौँ — युवा गायक भेक, यावेश र बिजेनले चैत २९ गते 'अमेरिका टूर'मा प्रस्तुति दिँदैछन् । लेजेरी, क्लास एक्स र खड्का ग्रुप्सको संयुक्त प्रस्तुतिमा आयोजना हुने 'अमेरिका टुर' टेक्सासको डल्लासबाट औपचारिक रूपमा सुरु भई न्युयोर्कमा सम्पन्न हुनेछ ।
तीन गायकले आफ्ना चर्चित गीतलाई टूरमा प्रस्तुत गर्नेछन् । डल्लासबाट टेक्सास, कोलोराडो, डिएभी क्षेत्र (वासिङ्टन डि.सी, म्यारिल्याण्ड, भर्जिनिया), ह्यारिसबर्ग, पेन्सिलभेनिया, एक्रोन, ओहायो, कोलम्बस, न्युयोर्क सहरमा कार्यक्रम हुने छ ।
आयोजकले यो टूरलाई 'सांगीतिक तथा सांस्कृतिक उत्सव'को रुपमा चर्चा गर्दै आएका छन् ।
