नोरा फतेही नेपाल आउँदै 

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Nora Fatehi is coming to Nepal

काठमाडौँ — बलिउड अभिनेत्री  नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात चौरमा आयोजना हुने 'नोरा फतेही लाइभ इन नेपाल'का लागि उनी नेपाल आउने भएकी हुन् । 

वर्ल्डवाइड फिल्मस् नेटवर्कको आयोजना हुने कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाहरूको क्षेत्रमा काम गर्दैआएको 'ह्युमन रेस्पेक्ट नेपाल'को सहयोगार्थ हुनेछ। नोरासहित कार्यक्रममा सहभागी हुन  २० बढी कोसर डान्सर प्रस्तुतिका लागि नेपाल आउनेछन् ।

नोराको यो समूहले नेपाली दर्शकलाई नृत्यद्वारा मनोरञ्जन दिने बताइएको छ । यो कार्यक्रममा नेपाली कालकारले पनि नृत्य प्रस्तुति दिने आयोजक संस्थाका अध्यक्ष देव मगरले जनाए । 

'दिलबर दिलबर', 'कुसु कुसु', 'ओ साकी साकी', 'नाच मेरी रानी नाच'जस्ता चर्चित गीतहरुमा नोरा फिचर्ड भइसकिन् ।

पहिलो पटक नेपाली फ्यानका लागि प्रस्तुति  दिन उत्साहित रहेको नोराले आयोजक समूहलाई पठाएको भिडियोमा जानकारी गराएकी छन् । 'म निकै उत्साहित छु, काठमाडौं आउन, मेरो फ्यानका लागि पहिलो पटक प्रस्तुति दिन,'नोराले आयोजकलाई पठाएको भिडियोमा बताएकी छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully