के एसपी प्रद्युमनले सीआईडी छोडेका हुन् ?

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

Has SP Pradyuman left CID?

काठमाडौँ — भारतीय चर्चित टीभी शो सीआइडीमा एसपी प्रद्युमनको भूमिकाले लोकप्रियता बटुलेका शिवाजी साटम शोबाट बाहिरिएका छन् । शोका निर्माताले एसपी प्रद्युमनको बम विस्फोटको कथामार्फत मृत्यु भएको घोषणा गर्दै चरित्रको अन्त्य गरेको छ ।

‘सीआइडी’शो प्रसारणमा आएदेखि नै शिवजीले एसपी प्रद्युमनको भूमिका निर्वाह गरेका थिए । यो सो २७ वर्ष प्रसारण भइरहेको छ ।  

सोनी इन्टरटेन्मेन्टले सामाजिक सञ्जालमा ‘एक युगको अन्त्य, कहिल्यै बिर्सन नसकिने क्षति । रिप एसपी प्रद्युमन । ’ भन्दै लेखेको छ । जसबाट एसपी प्रद्युमनले शो छोडेको संकेत गर्दछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार निर्माताले आफ्नो चरित्रको समाप्त गरेकोप्रति पूर्व जानकारी नभएको साटमले बताएका छन् ।

‘सीआइडी’ सोबाट प्रद्युमन निस्केको खबरप्रति सामाजिक सञ्जालमार्फत फ्यानहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

कान्तिपुर

Link copied successfully