काठमाडौँ — नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। आगामी अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन नाटकघरमा केदारनाथ पौडेलको लेखन र निर्देशनमा बनेको नाटक ‘आतुरकाल’ प्रदर्शन हुने भएको हो ।
अप्रिल १४ मा टोकियोको नाकानो जिरो हलमा नाटक मञ्चन गरिने टिमले जनाएको छ ।
इन्द्रेणी थिएटर पोखराको प्रस्तुति रहेको नाटकमा नेपाली समाजको पीडा, विस्थापन, वर्ग संघर्ष तथा युद्धका त्रासदीपूर्ण क्षणहरूको मनोवैज्ञानिक चित्रण गरिएको निर्देशक पौडेलले बताए ।
निर्देशक पौडेलका अनुसार नाटकको कथा एउटा एक वृद्ध पात्रको स्मृति परिपरी घुम्छ । नाटकमा वृद्धावस्थाको एक्लोपनलाई गहिरो ढंगले चित्रण गरेको उनले बताए ।
नाटकमा कलाकार किरण चापागाईंको एकल अभिनय रहेनछ। उनले यसअघि ‘अश्वेत’, ‘भागवत टोलमा भोलाराम’, ‘राजेन्द्र लक्ष्मी’, ‘महासत्व’, 'माउजङ्ग बाबू साहेवको कोट, ‘अनुत्तर’ लगायतका नाटकमा अभिनय गरिसकेका छन् ।
