काठमाडौँ — हिमाल न्यौपानेको निर्देशनमा 'जनै हराएको बाहुन' बन्ने भएको छ । काठमाडौंको बूढानीलकण्ठमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिँदै फिल्मको छायांकन सुरु भएको हो ।
फिल्ममा अन्य कलाकारमा विजय बराल, केकी अधिकारी, रियर राईकलाकारको अभिनय रहनेछ । काभ्रेपलान्चोकको पनौती, पाल्पा र काठमाडौंमा फिल्मको छायांकन गरिने बताइएको छ । गाउँबाट सहर आइपुगेका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा 'जनै हराएको बाहुन'मा देखाइनेछ ।
निर्देशक न्यौपानेको यो डेब्यू निर्देशन हो । पेपरक्लिप प्रालिको निर्माण रहने फिल्मका निर्माता विमल न्यौपाने हुन् ।
