काठमाडौँ — अशोक थापा मगरले निर्देशनमा नयाँ फिल्म 'जुलाकी' बन्ने भएको छ । पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गर्दै निर्माण टिमले बागलुङको कालिका भगवती मन्दिरबाट छायांकन थालेको छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा अभिनेता सोनाम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेनेछ । फिल्म छायांकन रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामासमेत गरिने जनाइएको छ ।
एम मिडिया प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।
फिल्ममा अन्य कलाकारहरु माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुनको अभिनय रहनेछ । फिल्मलाई शैलेन्द्र डी कार्कीले खिच्दैछन् ।
