कहिले बन्छ ‘पुष्पा ३’ ?

चैत्र २१, २०८१

कान्तिपुर संवाददाता

When will 'Pushpa 3' be made?

काठमाडौँ — अल्लू अर्जुन र रश्मिका मन्दाना अभिनित फ्रेन्चाइजी फिल्म  ‘पुष्पा २’ले निकै राम्रो व्यापार गर्‍यो ।

फिल्मले १८०० करोडभन्दा बढी कमायो । फिल्मले व्यापारिक सफलता हासिल गरेसँगै यसको थप सिक्वेल कहिले बन्छ ? दर्शकहरूमा चासो बढेको छ । निर्माण टिमका अनुसार ‘पुष्पा ३’ पनि बन्ने भएको छ ।

निर्देशक सुकुमारले औपचारिक घोषणाचाहिँ गरिसकेका छैनन् । फिल्मको कास्टिङ र कथाबारे अहिलेसम्म टुङ्गो लागिसकेको छैन । 

निर्माता रवि शंकरले भने ‘पुष्पा ३’ बन्ने निश्चित भएको बताएका छन् । ‘फिल्म निश्चित रूपमा बन्नेछ, तर प्रोडक्सन सुरु हुन केही समय लाग्नेछ,’ बलिउड सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भने । 

हाल अल्लू अर्जुन दुई ठूला प्रोजेक्टहरूमा व्यस्त छन् ।

एउटा एटलीसँग र अर्को त्रिविक्रम श्रीनिवाससँग । यी दुई फिल्महरू पूरा हुन झण्डै २ वर्ष लाग्नेछ । 

त्यसपछि मात्रै ‘पुष्पा ३’को काम अगाडि बढ्नेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully