काठमाडौँ — बहुप्रतिक्षित नेपाली सिनेमा 'ऊनको स्वीटर'को टिजर सार्वजनिक भएको छ। फिल्मका निर्देशक नवीन चौहानले सामाजिक सञ्जाल फेसबुकमार्फत युट्युबमा फिल्मको टिजर सार्वजनिक भएको जानकारी दिएका हुन्।
चौहानले यही फिल्मबाट सिनेमा निर्देशनमा हात हालेका हुन् । यसअघि उनले सर्वाधिक हिट 'तीनपाते', 'बाफ' लागायतका म्युजिक भिडियोको निर्देशन गरेर आफ्नो निर्देशन कलालाई प्रमाणित गरिसकेका छन् ।
लोकप्रिय युवा गायक सुजन चापागाईंले गाएको फिल्मको गीत 'फूलहरू मुस्काउँछन्' र यसको म्युजिक भिडियोका कारण पनि दर्शकहरू फिल्मको अग्रिम प्रतीक्षामा छन् । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स विश्वकर्मा अभिनित यो फिल्म आउँदो वैशाख २६ गतेबाट प्रदर्शनमा आउने तयारी छ ।
