काठमाडौँ — वैशाख २६ देखि प्रदर्शनमा आउने फिल्म 'ऊनको स्वीटर'को टिजर सार्वजनिक भएको छ । नवीन चौहान निर्देशित फिल्मको टिजरमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको पात्रबीच प्रेम फक्रँदै गरेको देखाइएको छ ।
नोट भर्ने चलनदेखि गाउँको परिवेश टिजरमा अटाइएका छन् । अभिनेता कार्की र अभिनेत्री मगर फिल्ममा फरक अवतारमा देखिन्छन् । फिल्मको टिजरमा अभिनेता विल्सन विक्रम राई पनि देखिएका छन् ।
यो फिल्ममा अन्य कलाकारहरु माओत्से गुरुङ, प्रेम सुब्बा, परिक्षा लिम्बू, सुरज तमूलगायतको अभिनय छ । चिन्तन राजभण्डारीले खिचेको यो फिल्ममा गायक सुजन चापागाईंको संगीत छ भने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । आर्टमाण्डूका भिडियो निर्देशन गर्दै आइरहेका निर्देशक चौहानको यो डेब्यू फिल्म हो ।
पाँचथरको सेटिङमा तयार भएको यो फिल्ममा प्रेम र मानवीय सम्बन्ध समेटिएको छ ।
