‘खेल’को ट्रेलरमा जादु र डर

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Magic and fear in the trailer of 'Khel'

काठमाडौँ — अभिनेत्री सुरक्षा पन्त अभिनित फिल्म ‘खेल’को ट्रेलर  युट्युवमार्फत् सार्वजनिक भएको छ । सस्पेन्स थ्रिलर फिल्ममा सुरक्षा मुख्य भूमिकामा देखिएकी छन् ।

सुरक्षासँगै मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय ट्रेलरमा पात्रहरू अनौठो जादु, डर र त्रासमा रुमलिएको देख्न सकिन्छ ।

फिल्म  आगामी वैशाख १२ गते प्रदर्शनमा आउँदैछ ।

नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित यो फिल्ममा  अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका साथीहरूको कथा भनिएको छ ।

फिल्मलाई अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेका छन् ।

फिल्मलाई रोशन राई र सञ्जय लामाले खिचेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully