आठ वर्षपछि हमालको कमब्याक

चैत्र १७, २०८१

कान्तिपुर संवाददाता

Hamal's comeback after eight years

काठमाडौँ — दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म 'नरसिंहा:अवतार' अहिले पोस्ट-प्रोडक्सनमा छ । प्रदर्शनको तयारीमा रहेको यो फिल्मको हालै डबिङ पनि सकियो । अभिनेता राजेश हमालले डबिङ गरेसँगै निर्माण टिम फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा छ । 

यो फिल्ममा हमालको फरक अवतार देख्न सकिने छ । डबिङ सकिनेबित्तिकै हमालले आफू यो फिल्मबाट आशावादी रहेको जनाएका हुन् । 'दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ,' उनले भने ।

फिल्ममा हमालसँगै सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायतको अभिनय रहनेछ । राजु विक्रम थापाले खिचेको फिल्ममा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत छ ।

आठ वर्षपछि हमाल यो फिल्मबाट कमब्याक गर्दैछन् । उनको कमब्याक अवतार कस्तो होला त्यो पनि फिल्म प्रदर्शनपछि नै थाहा हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully