आजबाट हलमा ‘डोरी’

चैत्र १५, २०८१

कान्तिपुर संवाददाता

'Dori' in hall from today

काठमाडौँ — आजबाट फिल्म 'डोरी' प्रदर्शनमा आएको छ । फिल्मले देशभर १ सय २० शो प्राप्त गरेको छ ।

आज भइरहेको राजावादी र समाजवादी मोर्चाको आन्दोलनका कारण फिल्म प्रभावित भने बनेको छ । हलहरुमा दर्शकको चाप न्यून छ ।

फिल्मलाई अरुण लामाले निर्देशन गरेका छन् । फिल्ममा हास्य रस, थ्रिलर र हरर मिश्रण छ । फिल्मलाई लामाले नै लेखेका हुन् । फिल्ममा अरुणकै प्रमुख भूमिका छ ।

त्यसैगरी प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मलाई दिनेश भट्टराईले निर्माण गरेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully