किन विवादमा आए भारतीय कमेडियन कुणाल कामरा ?

चैत्र १४, २०८१

कान्तिपुर संवाददाता

Why did Indian comedian Kunal Kamra come into controversy?

काठमाडौँ — भारतीय कमेडियन कुणाल कामरा अहिले विवादमा आएका छन् । उनले महाराष्ट्रको शिव सेनाका अध्यक्ष एकनाथ सिन्देलाई कमेडीमार्फत गरेको एक टिप्पणीका कारण उनी विवादमा आएका हुन् ।

३६ वर्षका कुणाल भारतीय लोकप्रिय कमेडियन हुन् । उनले आफ्नो युट्युब च्यानलमा २३ मार्चमा  एउटा भिडियो अपलोड गरे । जसमा उनले एउटा लोकप्रिय हिन्दी फिल्मको गीत ‘केहते हे मुझको हवा हवाई’मा प्यारोडी बनाएर कटाक्ष गरेका थिए ।

उनले राजनीति र राजनीतिज्ञलाई लिएर कमेडी गरेका थिए । उनको व्यंग्यले महाराष्ट्रको राजनीति तरङ्गित बनेको छ । उनले भारतका उपमुख्यमन्त्री एकनाथ शिन्देलाई प्यारोडी मार्फत् कटाक्ष गरेको भन्दै सिन्देका कार्यकर्ताले कमेडी शो छायांकन गरेको होटलमा तोडफोड गरेका थिए ।

शिव सेनाको समूह र सिन्देका कार्यकर्ताले कुणाललाई ज्यान मार्ने धम्की दिँदै आइरहेका छन् । कुणालले बारम्बार बारम्बार भिडियोमा गद्दा भनेर व्यंग्य गरे पनि शिन्देको नामचाहिँ लिएका थिएनन् ।

कमेडी शो छायाङ्कन गरेको ठाउँ तोडफोड भएपछि कुणालले ट्वीटर ‘एक्स’मा बयान दिँदै माफी नमाग्ने बताएका थिए । यो विषयले भारतको संसदमा समेत विरोध भएको थियो । यसमा सांसद समेत रहेकी अभिनेत्री कगंना रनौतले समेत बोलेकी थिइन् । कुणालले कमेडीको नाममा अपमान गर्न नहुने भन्दै आलोचना गरेकी छन् । 

भारतीय कमेडियनहरू अहिले एकपछि अर्को गर्दै विवादमा तानिएका छन् । यसअघि समय रैनाको शो ‘इन्डिया गट लेटेन्ड पनि विवादमा आएको थियो । 

कान्तिपुर

Link copied successfully