काठमाडौँ — फिल्म 'जन्ते बाख्रो' जेठ २३ देखि प्रदर्शनमा आउने भएको छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन तय गरेको हो ।
पोस्टरमा अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्मा देखिएका छन् । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको यो फिल्ममा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । प्रदीप भारद्धाजको कथा, पटकथा र संवादमा तयार रहेको फिल्मको निर्माता सन्तोष गौतम हुन् ।
फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन छ ।
