काठमाडौँ — अभिनेता अनमोल केसी अभिनित फिल्म 'जेरी अन टप'को छायांकन सकिएको छ । सोमबार मुस्ताङमा छायांकनरत फिल्मको समापन गरिएको हो । फिल्ममा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ र हास्यकलाकार केदार घिमिरे 'माग्नेबुढा'को अभिनय रहनेछ ।
'उत्कृष्ट फिल्म तयार हुनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन्,'निर्माता सरोज न्यौपानेले भने । फिल्मको छायांकन मुस्ताङलगायत सगरमाथा आधार शिविर, काठमाडौंसमेत गरिएको छ । फिल्मका केही दृश्य झण्डै एक करोडको लागतमा पनि खिचिएको निर्माण टिमको दाबी छ ।
अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त र उषा खड्की पनि यो फिल्ममा देखिनेछन् । यो फिल्म ६ करोडमा बनेको निर्माण टिमको भनाइ छ ।
सुयोग गुरुङको निर्देशनमा बन्ने यो फिल्ममा समावेश हुने एक गीत नेपालमा र एक गीत भारतका छायांकन गरिने बताइएको छ ।
