के सँगै काम गर्दै छन् आमिर, सलमान र शाहरुख ?

चैत्र १०, २०८१

कान्तिपुर संवाददाता

Are Aamir, Salman and Shah Rukh working together?

काठमाडौँ — प्रसिद्ध बलिउड अभिनेता आमिर खानले हालै आफ्नो ६०औं जन्मदिन मनाए । ३७ वर्षभन्दा लामो फिल्मी यात्रामा थुप्रै सुपरहिट फिल्म दिएका आमिरले बलिउड सञ्चारमाध्यमसँगको कुराकानीमा नयाँ खुलासा गरेका छन् ।

उनले सलमान खान र शाहरुख खानसँग फिल्म खेल्ने सम्भावनाबारे बताएका छन् । 

आमिरले भने, ‘हामी तीनै जनाले यसबारे खुलेर कुरा गरिसकेका छौँ । यदि राम्रो स्क्रिप्ट आयो भने हामी अवश्य सँगै काम गर्नेछौँ । तर, तीन नायकलाई सुहाउने स्क्रिप्ट पाउन गाह्रो छ ।’

उनले थपे, ‘हामी तीनै जना पुराना दिन सम्झनका लागि फिल्म गर्न चाहँदैनौं, बरु यो अवसर हामीले अहिलेसम्म सँगै काम नगरेकाले लिन चाहन्छौं ।’

सलमानसँग आमिरले ‘अन्दाज अपना अपना’ फिल्ममा सँगै काम गरिसकेका छन् ।

तर, शाहरुखसँग भने उनले अहिलेसम्म कुनै फिल्म गरेका छैनन् । आमिरले भने, ‘शाहरुखसँग मैले आजसम्म कुनै फिल्ममा काम गरेको छैन । तर, उहाँसँग काम गर्न पाउँदा रमाइलो हुने थियो ।’

उनले बरु आफूहरू एउटै फिल्ममा देखिन चाहेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully