काठमाडौँ — फिल्म 'भाइरल गोर्खे'को टिजर सार्वजनिक भएको छ । जेठ ३० देखि प्रदर्शनमा आउने फिल्ममा भाइरल हुने विषय जोडिएको छ ।
फिल्ममा भाइरल हुने चक्करमा लाग्दाका प्रभाव अनि असर देखाउने प्रयास गरिएको छ । विशेष त सामाजिक सञ्जालमार्फत भाइरल हुनेहरुको विषय फिल्ममा जोडिएको छ ।
द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय छ । अमर महर्जनले फिल्मलाई लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचेका हुन् ।
