काठमाडौँ — समयसँगै साथी छुट्दै जान्छन्, अनि उमेर छोटिँदै जान्छ । उमेर गयो त गयो । उमेर ढल्कँदै जाँदा छुटिँदै जाने साथीसंगी र उनीहरुले छोडेर जाने सम्झनामाथि 'दि फिरन्ते'ले नयाँ गीत बनाएको छ । 'बुढो भौयो'बोलको यो गीतमा ढल्किँदै जाने उमेरको भाव समेटिएको छ ।
निकुन श्रेष्ठको अभिनय रहेको गीतको भिडियोमा समय र सम्झनाको कोलाज देख्न सकिन्छ । गायक देवेन्द्र बब्लुको आवाज रहेको गीतलाई विकास भुजेलले मिक्सिङ गरेका हुन् ।
सुशीलबाबु क्षेत्रीले निर्देशन गरेको गीतको भिडियोमा निकुनसँगै कलाकार घनश्याम जोशी, पुन्टू कुमार र सयन शाक्यको अभिनय छ ।
अनुराग महर्जनले खिचेको गीतको भिडियोमा अजय थापामगरको रंग संयोजन छ ।
