काठमाडौँ — विक्की कौशल र रश्मिका मन्दाना स्टारर फिल्म ‘छावा’१४ फेब्रुअरीमा रिलिज भएको थियो । यो फिल्मले अहिलेसम्म भारतमा मात्र ५ सय ६६ करोभन्दा माथिको कमाइ गरेको छ ।
फिल्मले विश्वभर ७ सय ५० करोडभन्दा माथिको कमाइ गरेको छ ।
फिल्म ‘छावा’ शिवाजी सावंतको मराठी उपन्यासमा आधारित एक ऐतिहासिक फिल्म हो । यसलाई लक्ष्मण उटेकरले निर्देशन गरेका हुन् ।
फिल्ममा मराठा शासक छत्रपति संभाजी महाराजको जीवनकथा प्रस्तुत गरिएको छ । अक्षय खन्ना फिल्ममा मुगल सम्राट औरंगजेबको भूमिकामा छन् ।
रश्मिका मंदाना, दिव्या दत्ता र डायना पेंटी पनि फिल्ममा सहायक भूमिकामा देखिन्छन् ।
