'बजरंगी भाइजान', 'टाइगर जिन्दा है', 'सुल्तान', 'भारत'लगायत फिल्मले बक्स अफिसमा धमाका मच्चाए
काठमाडौँ — सलमान खानको नयाँ फिल्म ‘सिकन्दर’ १० अप्रिलमा रिलिज हुँदैछ । एआर मुरूगादस निर्देशित फिल्मको बजेट नै ४०० करोड रुपैयाँ रहेको छ ।
फिल्मले चर्चासँगै बक्स अफिसमा सफलता हासिल गर्ला कि नगर्ला ? सलमानका यसअघिका सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड तोड्ला कि नतोड्ला ? सबैलाई चासोको विषय रहेको छ ।
यसअघि राम्रो व्यापार गर्ने सलमानका फिल्म दर्शकहरू सम्झिरहन्छन् । ती फिल्म हुन्, जसले सलमानको स्टारडमलाई थप उचाईमा पुर्याएका थिए । ती फिल्ममाथि यहाँ चर्चा गरिनेछ ।
बजरंगी भाइजान (२०१५)
‘बजरंगी भाइजान’ उनको सबैभन्दा बढी कमाइ गर्ने फिल्म हो । फिल्मले ९ सय १२ करोड रुपैयाँ कलेक्सन गरेको थियो । यसको बजेट १०० करोड थियो । यो फिल्मको कमाइको रेकर्ड सलमानको कुनै फिल्मले तोडेको छैन ।
सुल्तान (१०१६)
‘सुल्तान’ फिल्मको बजेट १ सय १० करोड थियो । यसले बक्स अफिसमा ६०९ करोड रुपैयाँको व्यापार गरेको थियो ।
टाइगर जिन्दा है (२०१७)
‘टाइगर जिन्दा है’ फिल्म १५० करोडको बजेटमा तयार गरिएको थियो । यसले ५६२ करोड रुपैयाँको कमाइ गरेको थियो ।
टाइगर ३ (२०२३)
२५० करोड रुपैयाँको बजेटमा तयार गरिएको ‘टाइगर ३’ फिल्मले बक्स अफिसमा ४६६ करोडको कारोबार गरेको थियो ।
प्रेम रतन धन पायो (२०१५)
‘प्रेम रतन धन पायो’ फिल्मको बजेट १७० करोड थियो । यसले ४०२ करोड रुपैयाँको कमाइ गरेको थियो ।
किक (२०१४)
किक फिल्म ११५ करोडको बजेटमा बनाइएको थियो । यसले बक्स अफिसमा ३८४ करोडको कलेक्सन गरेको थियो ।
एक था टाइगर (२०१२)
‘एक था टाइगर’ ७५ करोडको बजेटमा तयार गरिएको थियो । यसले ३२८ करोडको कमाइ गरेको थियो ।
भारत (२०१९)
‘भारत’ फिल्मको बजेट १६५ करोड थियो । यसले ३२२ करोडको कारोबार गरेको थियो ।
