प्रदर्शनको तयारीमा 'द्रौपदी'

चैत्र ५, २०८१

कान्तिपुर संवाददाता

'Draupadi' in preparation for performance

काठमाडौँ — ऋषिराज आचार्यको निर्देशनमा फिल्म 'द्रौपदी' बनेको छ । यो फिल्म चैत ८ देखि प्रदर्शनमा आउने तयारी छ । 

यो फिल्म डोल्पाको  शे-फोक्सुन्डोमा छायांकन गरिएको हो । महिलाका विषयमा आधारित यो फिल्म लेख्न ४ वर्ष लागेको आचार्यले बताए । फिल्ममा आश्विनी शाही, रवि ओड,  कविराज भाम,  जेल्सन अधिकारी, सुजाता तिमल्सिना,  विष्णु  ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेलको अभिनय छ । 

फिल्मको सम्पादक अनिल महर्जन, पार्स्व संगीत सौरभ शर्माको छ । मोहन कुमारले खिचेको यो फिल्मलाई एप्पल इन्टरटेन्टमेन्ट, एफ डी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रूपमा वितरण गरेका हुन् ।

कान्तिपुर

Link copied successfully