अमिताभ बच्चनको वर्षको कमाइ ३५० करोड

चैत्र ४, २०८१

कान्तिपुर संवाददाता

Amitabh Bachchan's annual income is 350 crores

काठमाडौँ — बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चनले कति कमाउँछन् ? प्रशंसक र शुभचिन्तकहरूलाई चासो हुने गर्छ ।

अमिताभले आर्थिक वर्ष २०२४/०२५मा ३ सय ५० करोडको कमाइ गरेका छन् ।

यसमा उनका फिल्म, ब्रान्ड एन्डोर्समेन्ट र ‘कौन बनेगा करोडपति’ जस्ता कार्यक्रमबापत्का आम्दानी समावेश छन्। साथै, उनले भारत सरकारलाई १ सय २० करोड  रुपैयाँ कर तिरेका छन् । 

८२ वर्षमा पनि अमिताभ बच्चन निरन्तर काम गरिरहेका छन् । उनको टेलिभिजन शो ‘कौन बनेगा करोड़पति’को १६औं सिजन पनि हालै समाप्त भयो । उनले आगामी १७औं सिजनको होस्टको रूपमा पुनः फर्किने संकेत गरेका छन् । 

अमिताभको पछिल्लो चलचित्र 'कल्की २८९८ एडी’मा उनले अश्वत्थामा को भूमिका निर्वाह गरेका थिए ।

जसमा प्रभास र दीपिका पादुकोण पनि मुख्य भूमिकामा थिए । अमिताभ यो फिल्मको दोस्रो भागमा पनि देखिने बताइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully