काठमाडौँ — गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म 'होस्टेल ३'को पहिलो साताको व्यापार सार्वजनिक भएको छ ।
फिल्मले बिहीबारसम्म ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ । निर्देशक सशान कँडेलका अनुसार वितरकहरूबाट प्राप्त डिसीआरु रिपोर्टको आधारमा कलेक्सन सार्वजनिक गरिएको हो ।
‘फिल्मले काठमाडौं उपत्यकामा २ करोड ३० लाख र उपत्यका बाहिर २ करोड २ लाख कलेक्सन गरेको छ,’ उनले जानकारी दिए ।
यो फिल्म इमिरेट्स कतार र बहराइनमा पनि प्रदर्शन भइरहेको छ ।
फिल्ममा पारसबम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको मुख्य भूमिका रहेको छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् ।
फिल्मलाई माधव शर्माले लेखेका छन् । अहिले हलमा ‘होस्टल ३’सँगै ‘अन्जिला’, ‘आउट ल : दफा २१९’, ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ लगायतका फिल्म लागिरहेका छन् ।
आजबाट फिल्म ‘राजागंज’ पनि प्रदर्शनमा आएको छ ।
