काठमाडौँ — हङकङमा नेपाल फेस्ट २०२५' हुँदैछ । 'एस अफ स्पेड्स इन्टरटेन्टमेन्ट'ले आयोजना गर्ने यो कार्यक्रम हङकङमा नेपाली संस्कृतिको उत्सव मनाउने उद्देश्यले गर्न लागेको हो।
'संस्कृति र संगीतको उत्सव'शीर्षकको कार्यक्रममा नेपाली संस्कृति, भेषभुषा, संगीत र खानाको उत्सव मनाइनेछ । संस्कृतिअन्तर्गत नेपालका परम्परागत भेषभूषा, रैथाने पहिरणलाई कार्यक्रममा प्रस्तुत गरिनेछ ।
८ हजार दर्शक अपेक्षा गरिएको यो कार्यक्रम आगामी वैशाख २० देखि २१ सम्म संचालनमा आउनेछ । कार्यक्रममा लोकप्रिय ब्यान्ड '१९७४ एडी', रचना दाहाल, ट्रियो नो ट्रेबल, अल्बट्रोस, स्वर, तृष्णा गुरुङ एण्ड कोल्याबलगायत थुप्रै सांगीतिक कार्यक्रम हुँदैछ ।
