के गर्दैछन् नवाजुद्दीन सिद्दीकी ?

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

What is Nawazuddin Siddiqui doing?

काठमाडौँ — बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीको नयाँ फिल्मको पर्खाइमा दर्शकहरू छन् । यतिबेला उनी नयाँ फिल्मको तयारीमा पनि छन् ।

उनी अहिले नयाँ फिल्मको सुटिङमा व्यस्त रहेको बलिउड सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आगामी फिल्म ‘रात अकेली है-२’ पछि उनले निरन्तर काम गरिरहेका छन् । अहिले काम गरिरहेको फिल्मको नाम भने खुलाइएको छैन ।

फिल्ममा उनले २५ दिन थाइल्यान्डमा सुटिङ गर्नेछन् । नवाजुद्दीन हरेक फिल्ममा फरक चरित्रमा प्रस्तुत हुन्छन् । र त्यो चरित्र सधैं चर्चामा रहन्छ ।

उनले निर्वाह गरेको ‘ग्याङ्स अफ वासेपुर’को फैजल खानदेखि ‘माझी : द माउन्टेन म्यान’ का दशरथ मांझी, ‘रईस’को जयदीप मजूमदार र ‘सेक्रिड गेम्स’का गणेश गायतोंडे जस्ता चरित्रहरू सधैं लोकप्रिय छन् ।  उनी अब ‘रात अकेली है-२’, ‘नूरानी चेहरा’ र ‘संगीन’मा देखिनेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully