‘किंग’को तयारीमा शाहरुख र अभिषेक

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

Shah Rukh and Abhishek preparing for 'King'

काठमाडौँ — सन् २०२३ शाहरुख खानको लागि शानदार रह्यो । ‘पठान’ र ‘जवान’को व्यावसायिक सफलतासँगै ‘डंकी’को प्रदर्शन पनि सन्तुष्टजनक थियो ।

यतिबेला शाहरुख नयाँ फिल्ममा व्यस्त छन् । उनको नयाँ फिल्म ‘किङ’को प्रि–पोडक्सनको काम भइरहेको छ ।

यो फिल्मबाट शाहरूखकी छोरी सुहानाले पनि थिएट्रिकल डेब्यू गर्दैछिन् । शाहरूखसँगै यो फिल्ममा अभिषेक बच्चन पनि देखिँदैछन् ।

अभिषेक पनि भिलेनको भूमिकामा हुने बताइएको छ । फिल्मका निर्देशक सिद्धार्थ आनन्दले बलिउड सञ्चारमाध्यमलाई दिइएको जानकारीअनुसार अभिषेक फिल्ममा फरक लुक्समा देखिनेछन् ।

सिद्धार्थ आनन्दले अभिषेकका भूमिकाका लागि विशेष योजना बनाएको जनाइएको छ । फिल्मको सुटिङ मुम्बईमा हुनेछ ।

जुनबाट फिल्म फ्लोरमा जानेछ ।  फिल्ममा फिमेल लिड क्यारेक्टरमा दीपिका पादुकोण र करिना कपूरमध्ये एकलाई कास्ट गर्न सकिने अनुमान छ । 

कान्तिपुर संवाददाता

Link copied successfully