वेब सिरिज बनाउँदै राजकुमार हिरानी

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

Rajkumar Hirani making a web series

काठमाडौँ — ओटीटी प्लेटफर्ममा पछिल्लो समय सिरिजहरूको माग बढ्दो छ । करण जोहरदेखि सञ्जय लीला भन्सालीसम्मका थुप्रै ठूला निर्देशक ओटीटीको दुनियाँमा प्रवेश गरिसकेका छन् ।

अब ‘पिके’देखि ‘डंकी’, ‘सञ्जू’ र ‘मुन्ना भाई एमबीबीएस’ जस्ता सफलः फिल्महरूको निर्देशन गरेका राजकुमार हिरानी पनि ओटीटी प्लेटफर्ममा आउने भएका छन् ।  

हिरानी ओटीटीमा एक्लै आउँदै छैनन् । छोरा वीर हिरानीसँग आउनेछन् । भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार वीर हिरानी ओटीटीको दुनियाँमा बासँगै प्रवेश गर्नेछन् ।

हालै हिरानीले ओटीटीमा वेब सीरिज बनाउने निर्णय गरेका हसन् । वेब सिरिजको सुटिङ सुरु भइसकेको छ । सिरिजमा विक्रान्त मासी पनि मुख्य भूमिकामा हुनेछन् ।

वेब सिरिजको अहिले शीर्षक ‘प्रीतम पेड्रो’ राखिएको छ । यसको कथा पनि हिरानी स्वयंले लेखेका छन् ।  

‘कोभिडकालको दौरान कोभिड मैले थुप्रै सर्ट स्टोरीहरू पाएको थिएँ । मलाई लाग्यो कि यसमा वेब सिरिज बनाउनु पर्छ ।  किनकि यो ठूलो कथा हो। यो कथा दुई घण्टाको फिल्ममा समेट्न सकिँदैन,’ उनले भारतीय सञ्चारमाध्यमसँग भनेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully