युट्युब ट्रेन्डिङमा ‘डिग्री माइला’

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

'Degree Milea' on YouTube trending

काठमाडौँ — रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’ यतिबेला युट्युब ट्रेन्डिङमा छाइरहेको छ। बाँसुरी फिल्म्सले आफ्नै युट्युब च्यानलमार्फत गत सोमबार पोस्ट गरेको यो फिल्मलाई अहिलेसम्म १७ लाख भन्दा बढी पटक हेरिएको छ।

फिल्ममा दयाहाङ र आँचल शर्माको मुख्य भूमिका छ। त्यसैगरी विजय बराल, माओत्से गुरुङ, ऋचा शर्मा, प्रकाश घिमिरे, शोमनाथ खनाल लगायतका कलाकारको महत्वपूर्ण भूमिका छ।

‘डिग्री माइला’ गत १ वैशाखमा रिलिज भएको थियो। फिल्मले त्यतिबेला अपेक्षाकृत व्यापार गरेको थिएन।

फिल्म ‘कबड्डी’ शृङ्खलाबाट व्यावसायिक सफलता हासिल गरेका निर्देशक रामबाबु फेरि ‘कबड्डी’को नयाँ शृङ्खलाको तयारीमा छन्। ‘डिग्री माइला’पछि अभिनेता दयाहाङ र आँचलले फिल्म ‘दु:खी आत्मा’मा पनि स्क्रिन सेयर गरेका छन्।

कान्तिपुर संवाददाता

Link copied successfully