'मितज्यू' बाट तेरियाले 'डेब्यु' गर्दै

फाल्गुन २८, २०८१

कान्तिपुर संवाददाता

Teriya is making her 'debut' with 'Mitjeo'

काठमाडौँ — फिल्म 'मितज्यू' बन्ने भएको छ । अनिल बुढा मगरको निर्देशनमा बन्ने फिल्ममा अभिनेता दयाहाङ राई र डान्सर तेरिया फौजा मगरको अभिनय रहनेछ ।

भारतीय बेव सिरिजमा काम गरिसकेकी तेरिया 'डान्स इन्डिया डान्स लिटिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता हुन् । यो फिल्म भने तेरियाका लागि नेपाली फिल्मको डेब्यु हो । 

जनक घर्ती मगरको लगानीमा निर्माण हुने फिल्ममा जिएम मुभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा सिनेमा निर्माण हुनेछ । फिल्म भने अर्को वर्षबाट छायांकनमा जानेछ । फिल्ममा दयाहाङ र तेरियाबाहेक अन्य कलाकार तय भइसकेका छैनन् । तर, छायांकनमा जानुअघि नै निर्माण टिमले फिल्मको प्रदर्शन तय गरिसकेको छ ।

यो फिल्मलाई आगामी वर्षको चैत २७ मा प्रदर्शन गर्ने तयारी छ । फिल्मको कथा महेश राईको लेखेका हुन् । 

कान्तिपुर

Link copied successfully